युरिन इन्फेक्सनबाट जोगाउने योग आसनहरू

लोकपथ
1.4k
Shares

पिसाब पोल्ने (युरिन इन्फेक्सन) को समस्या अधिकांश महिलाहरूमा देखिने गर्छ । यो समस्याको मुख्य कारण भनेकै बदलिँदो जीवनशैली र सरसफाइमा ध्यान नदिनुलाई नै मुख्य कारण मानिने गरिएको छ । कतिपय अवस्थामा महिलालाई महिनाकै ३–४ पटक सम्म पनि युरिन इन्फेक्सनको सामना गर्नु परिरहेको हुन्छ ।

युरिन इन्फेक्सनबाट जोगिन धेरै महिलाहरूले औषधिको सेवन लिने गर्छन् । तर योगमा केही यस्ता आसनहरू पनि रहेको छ जसको नियमित अभ्यासले युरिन इन्फेक्सनको समस्याबाट मुक्त समेत गर्छ ।

उत्कटासन

यो आसनलाई कुर्सी आसन पनि भनिन्छ । यो आसन गर्दा पहिला दुवै खुट्टालाई केही फट्टाएर सिधा उभिने, दुवै हातलाई अगाडी सिधा राख्ने, हत्केलालाई तल फर्काउने । घुँडालाई बिस्तारै मोड्दै नितम्बलाई कुनै कुर्सीमा बसेको जस्तो गर्ने । यसरी बस्दा हातलाई सिधा र मेरुदण्डलाई सिधा राख्ने । यसरी बस्दा आरामसँग कुर्सीमा बसेको जस्तो गर्ने, केही बेर सोही अवस्थामा अडिने र पहिलाकै अवस्थामा फर्किने । यो आसनको सङ्ख्यालाई दैनिक रूपमा गर्दै बढाउँदै लैजाने ।

त्रिकोणासन

शरीरलाई मोडेर तिन वटा कोण बनाउने हुनाले नै यो आसनको नाम त्रिकोणासन राखिएको हो । यो आसन गर्दा दुवै खुट्टालाई २ देखि ३ फिटको दुरी रहने गरेर फट्टाउने । दाहिने पैतालालाई दायाँ तर्फ मोड्ने । दाहिने हातलाई दाहिने खुट्टा तर्फ बिस्तारै श्वास तानेर हत्केलाले तिघ्रा देखि छुँदै पैतालासम्म लैजाने । यस्तो अवस्थामा देब्रे हातलाई सिधा बनाएर आकाश तर्फ लैजाने । श्वास प्रश्वासलाई सामान्य गरेर आकाश तर्फ फैलिएको हातको औँलालाई हेर्ने । यस्तै गरेर देब्रे तर्फ पनि सोही प्रक्रिया अनुसार गर्ने । यो आसन दायाँ र बायाँ गरेर करिब २० पटक गर्ने गर्नु पर्छ ।

मलासन

मल त्याग्न बसेको अवस्थामा झैँ रहेर गर्ने आसन भएको कारण यसलाई मलासन भनिएको हो । यो आसन गर्दा घुँडालाई मोडेर मल त्याग्दा बस्ने गरेको आसनमा बस्ने । दुवै हातको कुमलाई मोडेर घुँडामा राख्ने । दुवै हातको हत्केलालाई जोडेर नमस्कार मुद्रा बनाउने । यो अवस्थामा रहेपछि बिस्तारै श्वास लिने र छोड्ने । यसरी बस्ने समयलाई बिस्तारै बढाउँदै लैजाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?