काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ९ सय १८ परीक्षणमा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बितेको २४ घण्टामा थप ३ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ११ हजार ५ सय २३ पुगेको छ । हाल नेपालमा ६ हजार ९ सय ६६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया