२ माघ २०७८, आईतवार

किर्गिस्तानमा संसदीय निर्वाचन सुरु

२०७८,मङ्सिर,१२,आईतवार १४:०८

126
Shares

काठमाडौं । किर्गिजस्तानमा आइतबारदेखि संसदीय निर्वाचन सुरु भएको छ जसमा ७३६ अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पर्वेक्षण गरिरहेका छन् । उक्त निर्वाचनबाट पाँच वर्षको कार्यकालका लागि ९० जना सांसदहरू चयन हुनेछन् ।

देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी)का प्रमुख नुरझान शैल्दाबेकोवाले आइतबार बिहान स्थानीय समयअनुसार बिहान ८ बजेमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनका लागि त्यहाँ २ हजार ४ सय ३५ मतदान केन्द्र खोलिएको जानकारी दिएका छन् । ती मतदान केन्द्रहरू बेलुका ८ बजेसम्म खुला रहनेछन्। त्यसैगरी २९ देशमा थप ५९ मतदान केन्द्र खोलिनेछ ।

सांसदहरू मिश्रित निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् जसमध्ये ५४ राजनीतिक दलबाट समानुपातिक प्रणालीमा र अन्य ३६ जना एकल मत भएका निर्वाचन क्षेत्रबाट बहुमतका आधारमा निर्वाचित हुनेछन् ।

निर्वाचनमा भाग लिन २१ राजनीतिक दल दर्ता भएका छन् भने एकल मत भएका निर्वाचन क्षेत्रमा २ सय ८० भन्दा बढी उम्मेदवारले उमेदवारी दर्ता गराएका छन् ।

प्रमुख निर्वाचन आयुक्तको तथ्याङ्कअनुसार राजनीतिक दललाई तीन लाख ७०३ हजार ४२० जना मतदाताले मतदान गर्नेछन् भने एकल कार्यक्षेत्रमा तीन लाख १९ हजार २९२ जनाले मतदान गर्नेछन् ।

आन्तरिक मामिला मन्त्रालयले यसअघि मतदान केन्द्रमा सार्वजनिक सुव्यवस्था र सुरक्षाका लागि ११ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाएको थियो ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१२,आईतवार १४:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा

नयाँ दिल्ली । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६