काठमाडौं । जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
आज बिहान साढे २ बजेतिर नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि २५ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया