जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु, २५ जना घाइते

लोकपथ
91
Shares

काठमाडौं । जाजरकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, भने २५ जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजेतिर नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौरमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिए । प्रहरीका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन ।

दुर्घटनामा घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरू सबैलाई उपचार गर्न जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?