गण्डकी प्रदेशको कोरोना अपडेट : २७ जना संक्रमण मुक्त

लोकपथ
143
Shares

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा कास्कीका आठ, नवलपरासी पूर्वका छ र बाग्लुङका एक रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६३ र होम आइसोलेशनमा एक सय ४२ जना रहेको निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?