यस्ता छन् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
299
Shares

१. नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनमा भव्यताका साथ उद्घाटन, देश तथा विदेशबाट प्रतिनिधिहरूको सहभागिता, भोलि विदेशी प्रतिनिधिहरूले सम्बोधन गर्ने

२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे रिमोट थिचेर पार्टीको दशौँ महाधिवेशन उद्घाटन, महाधिवेशनलगत्तै पार्टी चुनावी अभियानमा होमिने र आगामी चुनावमा एक्लै बहुमत ल्याउने दाबी

३ नेकपा एमालेको १०औँ महाधिवेशनमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त, आफूहरू अलग–अलग दलमा आबद्ध भए पनि जनचासोका विषयमा एकैठाउँमा भएको भनाइ

४ जनआन्दोलन र मधेस विद्रोहका उपलब्धिलाई जीवन्त बनाउने समय खेर गइरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाइ, संघीय लोकत्रान्तिक व्यवस्थालाई संस्थागत गर्न सकोस् भन्दै एमालेलाई दिए शुभकामना

५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष थापाले चितवन पुगेर दिए एमालेलाई १०औँ राष्ट्रिय महाधिवेशनको शुभकामना, एमाले अध्यक्ष ओली दृढ अडान र राष्ट्रवादी सोच भएको नेता भन्दै प्रशंसा

६ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा गएनन् प्रचण्ड, स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमालेलाई शुभकामना दिँदै भने, ‘केही गलत मान्यताका कारण नेकपा फुटमा पुग्यो ।’

७ नेकपा एमालेको १०औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष ठाकुरले दिए शुभकामना, मधेसका माग पूरा नगरे २० लाख मानिस उतार्ने चेतावनी

८ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीले गरे वाम आन्दोलनका लागि एकताबद्ध हुन आग्रह, सबैभन्दा बढी तितोपिरो कम्युनिस्ट आन्दोलनमा भएको टिप्पणी

९ नेकपा एमालेका पोलिटब्युरो सदस्य भानुभक्त ढकालले गरे सचिवमा उम्मेदवारी दिने घोषणा, सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पु¥याउनेमा विश्वस्त

१० राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागको भनाइ, नेपालको जनसंख्या ३ करोडको हाराहारी पुग्ने अनुमान

११ पछिल्लो २४ घण्टामा देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि, ३०२ जना संक्रमणमुक्त, २ जनाको मृत्यु

१२ मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक, संशोधन भएन सेयर धितो कर्जाको सीमा, चाँदी आयातमा राष्ट्र बैंकको कडाइ

१३ चीनको संघाईमा भेटियो कोरोना भाइरसका तीन छुट्टाछुट्टै केस, सयौँ उडान रद्द, दर्जनौँ विद्यालयहरू बन्द

१४ खेल क्षेत्रलाई क्रियाशील र चलायमान गराउनुपर्ने खेलकुद मन्त्री गहतराजको भनाइ, राष्ट्रिय खेलकुद परिषदमा ८ जना बोर्ड सदस्य नियुक्त

१५ र, यूएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल विजयी, मलेसिया ६ विकेटले पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?