कोरोना अपडेट : २७० जनामा कोरोना संक्रमण पुष्टि, ३०२ जना संक्रमणमुक्त

लोकपथ
169
Shares

काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर कुल १० हजार ४४६ जनाको परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट थप ३०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कुल संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ५ सय १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?