१३ मङ्सिर २०७८, सोमवार

सैन्य ‘कू’को विरुद्ध हजारौँ सुडानी प्रदर्शनमा

२०७८,मङ्सिर,९,बिहीवार २१:१७

135
Shares

काठमाडौं । सुडानमा भएको सैन्य ‘कू’का विरुद्धमा बिहिबार हजारौले प्रदर्शन गरेका छन् ।

विभिन्न पक्षसँग भएको सम्झौता विपरित गत महिना सैनिक नेतृत्वले सरकार कब्जा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनकारीहरुले सैन्य ‘कू’ अमान्य रहेको र सर्वपक्षीय सरकार बनाउनु पर्ने माग राखेका छन् । उनीहरूले जनताको शक्ति जनताका प्रतिनिधिलाई नै दिन पनि सैनिक नेतृत्वसँग माग गरेका छन् ।

सैनिक जनरल अब्दुल फताह अल बुर्हानले गत अक्टोबर २५ मा प्रधानमन्त्री अब्दुल्ला हमडकलाई अपदस्त गरिएको घोषणा गरेका थिए । तर देशव्यापी आन्दोलन र अन्तराष्ट्रिय दवाबका कारण गत आइतबार मात्रै उनलाई पुनर्वहाली गरिएको थियो ।

प्रदर्शनकारीले भने सैन्य नेतृत्वप्रति अविश्वास गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन सुरु भएदेखि अहिलेसम्म देशभरी ४२ जनाको मृत्यु भएको जनाइएको छ ।

तत्कालिन शासक ओमर अल बशिरलाई अपदस्त गरेपछि सन् २०१९ देखि हमडकलाई अन्तरिम प्रधानमन्त्री बनाइएको थियो ।

प्रकाशित मिति: २०७८,मङ्सिर,९,बिहीवार २१:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अष्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सीमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गर्नुरेका छन् ।

जापान । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था

काठमाडौं । उत्तरी पेरुमा गएको ७।५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२