१० असार २०७९, शुक्रवार

दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दाबी

२०७८,मङ्सिर,९,बिहीवार २०:५५

369
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।

“दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,” भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा बताए।

बी.१.१.५२९ वंश संख्या मानेको यसद्य भेरिएन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उनले बताए ।

दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए ।

स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ । दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ ।

गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिउन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो । डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।

अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,९,बिहीवार २०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  काठमाडौंमा पछिल्लो तीन दिनमा ५ जनामा हैजा संक्रमण, नमुना परीक्षण गर्दा पिउने पानीमा दिसामा पाइने जिवाणु फेला, हैजा फैलनुको

काठमाडौं । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ। सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६