गण्डकी प्रदेशको कोरोना अपडेट : ३३ जना कोरोना संक्रमण मुक्त

लोकपथ
182
Shares

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने १० जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ का ८६ वर्षीय महिला र पोखराकै वडा नं ३० का ५१ वर्षीय पुरुष छन् ।

योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक जार ४१५ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७५ जना छन् भने होम आइसोलेशनमा १४९ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?