दिनभर देश विदेशमा के-के भयो ? एक क्लिकमा थाहा पाउनुहोस् टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
169
Shares

१.) भोलिबाट नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै, तीन दिन हुने महाधिवेशनमा सहभागी हुन अध्यक्ष ओली आजै चितवन पुगे

२) महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ, समाजका विद्यमान विकृति र विसंगतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड

३) प्रधानमन्त्री देउवा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्न भोलि चितवन जाने, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने नजाने

४) नेपाली कांग्रेसका उपसभापति निधिद्वारा पार्टीको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा, आगामी निर्वाचनमा पार्टीलाई तीनै तहमा जिताउने प्रतिबद्धता

५) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनले गरे उम्मेदवारी घोषणा, आफ्नो उम्मेदवारीले अन्य दलहरुलाई समेत चुनौती हुने दाबी

६) प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने जनता समाजवादी पार्टीको निर्णय, मन्त्री नबनाएको भन्दै आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप

७) १०औँ महाधिवेशनले सहमतिबाटै नेतृत्व चयन गर्ने नेकपा एमाले स्थायी कमिटी सदस्य थापाको विश्वास, आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा टुंगो नलागेको भनाइ

८) प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले ग¥यो सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास, मंसिर १५ बाट सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने

९) नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुको संख्या आकाशिँदै , सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ठूलो संख्यामा मानिसको मृत्यु हुनेगरेकाले डर देखाइदिन डाक्टरहरुलाई स्वास्थ्यमन्त्री खतिवडाको आग्रह

१०) बिहीबार नेपालमा थप ३०८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २९८ जना कोरोना संक्रमणमुक्त, ३ जनाको मृत्यु

११) बिहीबार नेप्से परिसूचक ३ दशमलव २२ अंकले घट्यो, ३ अर्ब ७८ करोड सेयर कारोबार हुँदा नेपाल टेलिकमको अग्रता

१२) रुसको कोइलाखानीमा आगलागी हुँदा ११ जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते, दर्जनौँ मानिसहरू फसिरहेकाले उद्धारकार्य जारी

१३) कोरोना महामारीका कारण महिलाविरुद्धको हिंसा बढेको संयुक्त राष्ट्र संघको दाबी, कोरोनाबाट बच्न घरभित्र बसे पनि घरमै असुरक्षित भएको पीडितहरुको भनाइ

१४) अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ को रोमाञ्चक जित, सुदूरपश्चिम प्रदेश २ विकेटले पराजित

१५) र, आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालद्वारा कुवेत ९ विकेटले पराजित, एसिया छनोटअन्तर्गत नै भोलि मलेसियासँग भिड्दै

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?