भारतीय सेनाद्वारा नेपाली सेनालाई ट्रकहरु प्रदान

लोकपथ
351
Shares

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गरेको छ ।

बिहीबार टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई ट्रकहरु हस्तान्तरण गरेको हो ।

भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरे। कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने लिइएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात सो ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो । रक्षा सहकार्य अन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई पुष्टि गरेको बताइएको छ । यस सैन्य सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मद्दत गर्नेछ ।

भारत सरकारको तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई अझ सशक्त एवं आधुनिक बनाउन गरिएका प्रयासमा निरन्तर सहयोग गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?