नेपालमा कोरोना अपडेट : थपिए ३०८ संक्रमित, यस्तो छ पछिल्लो तथ्यांक

लोकपथ
325
Shares

काठमाडौं । नेपालमा थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभर कुल ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट थप २९८ जना कोरोना संक्रमणमुक्तभएका छन् ।योसँगै नेपालमा कुल संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ५ सय १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?