मंसिर १५ गतेबाट सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने

लोकपथ
78
Shares

काठमाडौं । अब सर्वोच्च अदालतमा विभिन्न मुद्दाको पेसी गोलाप्रथाबाट तोकिने भएको छ ।

बिहीबार (आज) सर्वोच्चमा बसेको फुलकोर्ट बैठकले आगामी मंसिर १५ गतेबाट लागू हुनेगरी सो निर्णय भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले लोकपथलाई जानकारी दिए ।

यसअघि नै फुलकोर्ट बैठकले गोलाप्रथाबाट पेसी तोक्नेगरी निर्णय गरेको थियो । पास गरी कानुनी मान्यता पाएको उक्त प्रावधानलाई पुनः फुलकोर्ट बैठकले अनुमोदन गरेको उनको भनाइ रहेको छ ।

‘यसअघि नै प्रस्ताव गरिएको निर्णयलाई कानुनी मान्यता दिएपछि फुलकोर्ट बैठकले निर्णय गरेको हो । जसअनुसार आगामी मंसिर १५ गतेबाट विभिन्न मुद्दाको पेसी गोलाप्रथाबाट तोकिन्छ । ’ ढकालले लोकपथसँग भने ।

सर्वोच्च अदालतको नियमावली संशोधन गरी राजपत्रमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?