प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

लोकपथ
91
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास सुरु गरेको छ । बारसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु गरेको हो ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर मार्चपास गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?