त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

लोकपथ
1.5k
Shares
lqe’jg cGt/f{li6«o ljdfg:yncufl8sf] 6ØfS;L kflsª{ :yfgfGt/0f ul/Pkl5 b]lvPsf] ;’Gb/ b[Zo . klxnf le8ef8 x’g] of] If]qdf ca cfsif{s aFu}rf agfpg] ljdfg:ynsf] of]hgf 5 . t:jL/ M l;aL clwsf/L, sf7df8f}F+, /f;;

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुनसहित पक्राउ परेका छन् ।

१ सय २४ ग्रामको सुनको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम-७ का २२ वर्षीय जिबन लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त सुन अबैध रुपमा लुकाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?