१८ मङ्सिर २०७८, शनिवार

क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा

२०७८,मङ्सिर,९,बिहीवार १३:३२

90
Shares

काठमाडौं । तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो । प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ। व्यवस्थित खानपान, सुकिला लुगाफाटो, पारिवारिक सन्तुलन, बाबुआमाको आम्दानी लगायतका शीर्षकका आधारमा उक्त अध्ययन-अनुसन्धान गरिएको थिए जसमा प्रायः सबै शीर्षकमा ती बालबालिकाको अवस्था दयनीय रहेको पाइएको छ ।

सन् २०१९ बाट उपलब्ध नवीनतम तथ्याङ्कहरू प्रयोग गरी गरिएको अध्ययन प्रतिवेदनले आम्दानी, स्वास्थ्य र सामाजिक असमानता र बालबालिका र पारिवारिक गरिबीको गहिरो स्तरको स्पष्ट चित्र चित्रण गरेको छ। क्यानाडामा सबैभन्दा उच्च बाल गरिबी दर नुनाभट क्षेत्रमा छ जहाँ ३४ प्रतिशतमा छ । त्यसैगरी मनिटोबा प्रान्तमा २८.४ प्रतिशत रहेको छ ।

उक्त प्रतिवेदनले क्यानाडा सरकारलाई बालबालिकाको सुरक्षाका लागि थप साहसिक र निर्णायक कदम चाल्न आग्रह गरेको छ । यो प्रतिवेदन भर्खरै उपलब्ध कर डाटामा आधारित छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,९,बिहीवार १३:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बेलायतमा हालसम्म ४२ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या

रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा  झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६