१८ मङ्सिर २०७८, शनिवार

कोरोना महामारीका कारण महिलाविरुद्धको हिंसा बढ्यो : राष्ट्रसंघीय प्रतिवेदन

२०७८,मङ्सिर,९,बिहीवार १२:४६

135
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले हालै गरेको एक अध्ययनमा कोभिड-१९ को महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका घटनामा पनि वृद्धि भएको पाइएको हो ।

विश्वका अरु देशमा पनि यो महामारीका कारण आफ्ना घरमै र बाहिर अर्थात् सार्वजनिक स्थलमा पनि यस्ता घटनामा वृद्धि भएको पाइएको सो उक्त अध्ययनमा देखिएको बताइएको छ ।

ती १३ देशमा गरेको सर्वेक्षणबाट महिलाहरुले महामारीका कारण घरमै बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरुमाथि हिंसा बढेको पाइएको उनीहरुले बताएका थिए । घरेलु हिंसा घरभित्र हुने गरेको र कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको भएपनि वास्तविकता त्यस्तो नरहेको ती महिलाले जनाएका छन् ।

यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको थियो । तर पनि घरमा बस्नुपर्दाको अवस्थामा पनि महिलामाथिको हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको हो । सो सर्वेक्षणमा समेटिएका महिलाहरुमध्ये करिब आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसाको महसुस गरेको बताएका थिए ।

त्यसैगरी एक चौथाई महिलाले त आफूहरु घरमै असुरक्षित रहेको बताएका थिए । उनीहरुले महामारी सुरु भएयतादेखि आफूहरुलाई घरमै हिंसा बढेको अनुभव सो अनुसन्धानका क्रममा सुनाएका थिए । उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको यथोचित मात्रामा वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ ।

यसै पनि घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउने गरेको र अहिले झन् यो महामारीपछि त्यसमाथि सबैलाई घरभित्रै बस्नु भनेको समयमा यसको रिपोर्टिङ पनि अत्यन्त न्यून हुने गरेको उक्त अनुसन्धान रिपोर्टमा जनाइएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,९,बिहीवार १२:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बेलायतमा हालसम्म ४२ जनामा संक्रमणको पुष्टि भइसकेको छ । यस्तै पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या

रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा  झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६