काठमाडौं । आज सर्वोच्च अलालतमा फुलकोर्ट बैठक बस्दैछ ।
बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाइएको हो ।
यसअघि फुलकोर्ट बैठकबाट पारित भइ कानुनी मान्यता पाएको गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य व्यवस्थापन कार्यको थालनी गर्न फुलकोर्ट बैठक बस्न लागेको हो ।
बुधबार बसेको न्यायाधीशहरुको बैठकले आजका लागि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेको हो ।
यसअघि गोलाप्रथा विधिबाट पेसी नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया