अमेरिकाको बेरोजगारी दरमा कमी, महामारी पूर्वको अवस्था पुगेको दाबी

लोकपथ
312
Shares

काठमाडौं । अमेरिकामा कोभिडका कारण बढेको बेरोजगार दरमा कमी आई महामारीपूर्वको अवस्थामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बुधबार दावी गरेको छ ।

सरकारले बुधबार कोभिड–१९ को कारण सामाजिक दूरी कायम गर्दा अपनाइएका उपाय र महामारीको भयका कारण प्रविधि, उद्योग तथा खाद्यान्न उत्पादनमा परेको क्षतिका कारण प्रभावित अमेरिकी अर्थतन्त्रले बिस्तारै महामारीपूर्वको अवस्थामा पुगेको दावी गरेको हो ।

अहिलेको बेरोजगारी दर महामारीपूर्वको भन्दा न्यून अवस्थामा पुगेको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ ।

वेरोजगार लाभका लागि दर्ता भएका नयाँ निवेदनहरू कोभिडपूर्वको स्तरभन्दा कम भएको मन्त्रालयको दावीे छ ।

नोभेम्बर २० को अन्त्यमा सहायताको लागि एक लाख ९९ हजार निवेदन दर्ता भएका श्रम विभागले जानकारी गराएको छ । यो तथ्याङ्कले श्रम बजारको अवस्थाको नजिकबाट नियालिरहेका सूचकलाई सन् २०२० मार्च १४ भन्दा निकै कम गरेको देखाएको समाचारलाई अमेरिकी सञ्चारमाध्यमले बुधबार विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?