यस्तो छ आज दिनभरको मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
182
Shares

१. नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा नारायणी नदी किनारमा तयारी तीव्र, उद्घाटनस्थलको २५ स्थानमा सेल्फी प्वाइन्ट र विभिन्न स्थानमा गैँडाको मस्कट तयार

२ प्रधानन्यायाधीश जबरालाई भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय, फुलकोर्ट बैठकमा मंसिर १५ देखि गोलाप्रथा लागू गर्न माग गरिने

३ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा एआईजीको कमान्डमा एक हजारभन्दा बढी प्रहरी खटाइने, महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रमा सवारीसाधन चल्न रोक

४ आर्थिक पुनरुत्थानका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको अर्थमन्त्री शर्माको भनाइ, कोरोनाले खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सरकारलाई निजी क्षेत्रको साथ चाहिने प्रस्टोक्ती

५ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशनको मत परिणाम आउने क्रम आज पनि जारी, जिल्ला सभापतिदेखि भातृ संगठन र सुभेच्छुक संगठनका पदाधिकारी नै महाधिवेशन प्रतिनिधिमा पराजित

६ सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, न्यायालयको समस्या समाधान गर्न सरकार तयार रहेको प्रस्टोक्ति

७ सूर्य चिह्नको धाक नलगाउन ओलीलाई नेकपा एसका अध्यक्ष नेपालको चेतावनी, एमालेको सूर्य चिह्नमा ग्रहण लागिसकेको टिप्पणी

८ १०औँ महाधिवेशनमा सचिवमा उठ्ने तयारी गरिरहेको नेकपा एमालेका सचिव भट्टराईको उद्घोष, अहिले नै आफू माथिल्लो पदमा जान नखोजेको भनाइ

९ श्रममन्त्री श्रेष्ठले चासो देखाउँदा वैदेशिक रोजगारीमा कोरिया जान लागेका युवाहरु एजेन्टहरुको ठगिबाट जोगिए, विभिन्न बहानामा पैसा असुल्नेलाई कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन

१० बुधबार देशभर ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ३२ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु

११ बुधबार झिनो अंकले बढ्यो सेयर बजार, ४ अर्ब २१ करोडको कारोबार, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

१२ अमेरिकी राष्ट्रपति बाइडेनद्वारा प्रजातान्त्रिक शिखर सम्मेलनमा नेपालसहित ११० देशलाई निमन्त्रणा, भर्चुअल माध्यमबाट डिसेम्बर ९ र १० तारिखमा हुने सम्मेलनमा विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा

१३ पश्चिम बुल्गेरियामा भएको बस दुर्घटनामा ४६ जनाको मृत्यु, सात जना घाइते, ३ दिने राष्ट्रिय शोकको घोषणा

१४ वाइ–वाइ अन्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा कर्णाली प्रदेशको विजयी सुरुवात, लुम्बिनी प्रदेश १ सय ४० रनले पराजित

१५ र, आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गतको तेस्रो खेलमा नेपालले भोलि कुवेतसँग भिड्दै, विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राख्न कुवेतलाई जित्नै पर्ने दबाबमा नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?