कोरोना अपडेट : बुधबार देशभर ३३२ जना नयाँ संक्रमित थपिए

लोकपथ
221
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ९ सय २० जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १८१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १४४ जना, ललितपुरमा २६ जना र भक्तपुर ११ जना रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमित संख्या ७ हजार ३ सय ६९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?