अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा मृत्यु हुनेमा नेपाली महिला वर्षा खड्का प्रसाई रहेकी छन् । उनको स्थायी घर झापा रहेको बताइएको छ ।
मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार रहेको प्रहरीले जनाएको छ। सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया