नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणनास्थलमा तनाव भएको छ । सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा विवाद भएपछि मंगलबार साँझ कुटाकुट भएको हो ।
मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् ।
देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ। नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मीक उपचार कक्षमा उपचार भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया