हेर्नुहोस् आज दिनभर मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
273
Shares

१. बझाङलाई बाढी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्नेबारेमा आवश्यक परामर्श भइरहेको प्रधानमन्त्री देउवाको भनाइ, बझाङका राजमार्ग नै बाढी पहिरोले पूरै बगाएकाले नयाँ र दिगो बाटो बनाउन दातृ निकायसँग समेत कुरा गर्ने प्रतिबद्धता

२ १०औँ महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरी नसकेको एमालेका अध्यक्ष ओलीको दाबी, उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रिया

३ नेपाल बारले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने, मार्चपासमा नागरिक समाजका सदस्यहरु पनि संलग्न रहने

४ आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घोषणा, गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख

५ आगामी महाधिवेशनमा नेकपा एमालेका उपनेता नेम्वाङले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा, आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेकाले तयारी अवस्थामा रहेको भनाइ

६ आगामी निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायम रहने नेकपा एसका अध्यक्ष नेपालको भनाइ, न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने तर्क

७ आगामी महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको नेकपा एमालेका सचिव विष्टको प्रस्टोक्ति, प्यानलरहित एमाले निर्माणको लागि अगाडि बढेको टिप्पणी

८ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनको नतिजा आउने क्रम जारी, स्याङ्जाका सांसद मोहन पाण्डे महाधिवेशन प्रतिनिधिमै पराजित

९ आजबाट कक्षा ११ को रजिष्ट्रेसन आवेदन फारम खुला, आगामी पुस २१ गतेसम्म आवेदन फाराम भरिसक्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

१० मंगलबार देशभर थप ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जना संक्रमणमुक्त हुँदा ९ जनाको मृत्यु

११ सेयर बजारको ओरालो यात्रामा आज पनि निरन्तरता, नेप्से परिसूचक ३२ दशमलव २९ अंकले घट्दा ४ अर्बको कारोबार

१२ जर्मनी र डेनमार्कको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई अमेरिकाको आग्रह, दुवै देशमा कोरोनाको संक्रमण फेरि बढेकाले उक्त कदम चालिएको अमेरिकी सरकारको दाबी

१३ अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्री खानले गरे विश्व समुदायलाई आग्रह, अफगानिस्ताको अवस्था निकै नाजुक बन्दै गएपछि नागरिकलाई खाद्यान्न, औषधि र लत्ताकपडाकै समस्या

१४ ‘द बेस्ट फिफा अवार्ड’को मनोनयन सार्वजनिक, रोनाल्डो, मेस्सी, बेन्जिमालगायत ११ खेलाडी सूचीमा, विजेताको नाम १७ जनवरीमा घोषणा हुने

१५ र, युरोपियन च्याम्पियन्स लिगअन्तर्गतको खेलमा आज बार्यान म्युनिख र डाइनामो किभ भिड्दै, कोरोनाका कारण म्युनिखका आठ मुख्य खेलाडी टोलीमा समावेश नभएपछि दबाबमा म्युनिख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?