देशका विभिन्न स्थानमा ४ जना मृत अवस्था फेला

लोकपथ
112
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-४ लुरा बस्ने ४४ वर्षीया लाक्पा डोमा तामाङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी सिन्धुली, सुनकोशी गाउँपालिका-३ घुर्मादेवीस्थित सुनकोशी नदीको किनारमा सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कुमार मोक्तान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहा, लहान नगरपालिका-११ पडरियाँ चोकमा सप्तरी शम्भुनाथ नगरपालिका-३६ वर्षीय राजकुमार चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, धरान उपमहानगरपालिका-८ बराह कम्प्लेक्सस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?