थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
286
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १० हजार १ सय ७४ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर थप २ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ७ हजार ३ सय जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?