बारीमा गएकी ३० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

लोकपथ
2.4k
Shares

काठमाडौं । तेह्रथुममा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?