हुम्लाको लिमीमा सकियो जनगणना

RSS
104
Shares

सिमकोट । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कार्तिकमा २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मंसिर ९ गते सकिँदै छ ।

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण संकलनको काम सम्पन्न गरेका हुन् ।

लिमीको हल्जी, तिल र जांग गाउँमा विवरण संकलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मंसिर २५ गतेदेखि विवरण संकलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यस पटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण संकलन भएको छ ।

जडीबुटी संकलनले गणकलाई फारम भर्न समस्या

जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी संकलन गर्न गएका छन् । यसले उनीहरुको विवरण संकलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताए ।

‘अधिकांश नागरिक जडीबुटी संकलनका लागि वनपाखातिर गएका छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?