बैङ्किङ कसुरका तीनवटा मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एकसाथ अनुसन्धान अघि बढाएको छ।ब्युरोले सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुमारी बैङ्क न्युरोड शाखा तथा सिन्धु विकास बैङ्क काभ्रे शाखामा भएको अनियमितताबारे अनुसन्धान गरिरहेको हो।
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनामा मुख्य आरोपित अध्यक्ष इच्छाराज तामाङसहित १२ जना, कुमारी बैङ्क न्युरोड शाखा प्रमुख मुक्तिनाथ गौतमसहित चार जना तथा सिन्धु विकास बैङ्क काभ्रे शाखाका निमित्त प्रमुख सुमन खरेलसहित तीन जना गरी १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया