काठमाडौं । नेपाल बार एसोसियसनको टोलीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेको छ ।
प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइरहेको नेपाल बारले सोमबार दिउँसो सभामुख सापकोटासँग भेटघाट गरेको हो ।
भेटघाटका क्रममा बारको टोलीले सभामुख सापकोटासँग प्रधानन्यायाधीश जबराको बहिर्गनमनको माग गरेको बताइएको छ । प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिबद्धताहरु पूरा नगरेको भन्दै सभामुख सापकोटा समक्ष उनलाई पदमुक्त गर्न माग गर्दै बारको टोली पुगेको हो ।
त्यसैगरी आजै बारको टोलीले प्रमुख राजनीतिक दलसँग भेटघाट गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया