डोटी । जिल्लाको बोगटनीमा उलटेपानीमा आपसी झगडा हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको छ । झगडामा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरुबीच सामान्य विवादमा झगडा हुँदा घाइते भएका थिए ।
घाइते धन बहादुरलाई उपचारको लागि दिपायलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चमराचौतराबाट खटिएको प्रहरीले मिलनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया