काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आज सभामुखसहित प्रमुख राजनीतिक दलसँग भेटघाट गर्ने भएको छ ।
सोमबार (आज) दिउँसो २ बजे बारको टोलीले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख दलको नेताहरुलाई भेट्न लागेको हो ।
सो बारेमा लोकपथलाई जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामी २ बजेबाट सभामुखसहित प्रमुख राजनीतिक दलका संसदीय दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । ’
लामो समयदेखि न्यायालयमा देखिएको विवाद समाधानका लागि भन्दै बारको नेतृत्वमा निरन्तर आन्दोलन भइरहेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै गत कार्तिक १४ गतेबाट निरन्तर आन्दोलन भइरहेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिने छाँटकाँट नदेखिएपछि उनलाई हटाउनका माग राख्दै सभामुखसहित राजनीतिक दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया