सप्तरी उद्योग वाणिज्य संघकाे अध्यक्षमा अग्रवाल निर्वाचित

RSS
0
Shares

राजविराज । सप्तरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७ सय ४६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी भएका प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिए ।

यसैगरी ११औँ अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा यसैगरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह, कमल प्रसाद साह, सञ्जय पूर्वेले, दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी भएका छन् ।

कुल एक हजार ३ सय २२ मतदाता रहेको संघमा एक हजार १ सय ६१ ले निर्वाचनमा मतदानमा भाग लिएका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?