जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । यद्यपि सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यसैगरी दिउँसो प्रदेश नं १ लगायत अन्य पहाडी भूभागहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। यस्तै प्रदेश १ को पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना समेत रहेको छ।
यस्तै राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया