रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु

लोकपथ
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घााटनगरेका थिए।

उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?