मुलुक कृषि प्रधान देश भए पनि बर्सेनि खाद्यान्नको आयात बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र करिब पौने १८ अर्ब रूपैयाँको चामलसहित खाद्यान्न आयात भएको छ।
चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको वर्षा र बाढीले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले यो वर्ष चामल आयात अझै बढ्ने देखिएको छ।
धान नष्ट भएपछि स्वाभाविक रूपमा आयात बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीले बताए। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया