स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको निरीक्षण

लोकपथ
7
Shares

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भरतपुर अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री खतिवडाले आज अस्पतालको आकस्मिक कक्ष, आईसीयू र शल्यक्रिया कक्षको निरीक्षण गरेका हुन् ।

सो अवसरमा मन्त्री खतिवडाले भरतपुर अस्पताल देशकै महत्वपूर्ण अस्पताल रहेको उल्लेख गर्दै मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले सरकारी अस्पतालको सेवा प्रवाह चुस्त हुनुपर्नेमा जोड दिए । सो अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालको बारेमा जानकारी गराएका थिए। उनले अस्पतालमा आवश्यक शय्या र जनशक्तिको दरबन्दी थप गरिदिन मन्त्री खतिवडालाई आग्रह गरे ।

सीटीईभीटीले प्रयोग गर्दै आएको अस्पतालको जग्गा फिर्ता ल्याउन पहल गरिदिनसमेत पौडेलले मन्त्री खतिवडा समक्ष आग्रह गरेको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?