जन्ती बोकेको जिप दुर्घटना सुदूरपश्चिम प्रदेशको बैतडीमा ४ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिकामा सो दुर्घटनमा भएको बताइएको छ । नगरपालिकाको वडा नम्बर २ बाट जन्ती बोकेर सेरातर्फ जाँदै गरेको से१ज ३१० नम्बरको जिप गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र थप विवरण आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया