कर्णाली प्रदेशमा किन पुगे सेनापति ?

लोकपथ
70
Shares

प्रधान सेनापति प्रभुराम शर्माले आइतबार कर्णाली प्रदेशमा रहेको पश्‍चिम कमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरानमा उनले कमाण्ड हेडक्वार्टरमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वय तथा सामुहिक तालिम संचालनको अवस्था लगायतका विषयहरुमा जानकारी हासिल गरेका थिए ।

यस्तै सो क्रममा उनले सकलदर्जाहरुलाई सम्बोधन समेत गरेको नेपाली सेनाले जनाएको छ । भ्रमणको क्रममा प्रधान सेनापति शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल समेत गरेका थिए ।

तीन दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले ६ गते कालिकोटस्थित शम्शेर गुल्म, हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण तथा मंसिर ७ गते जुम्लास्थित नम्बर २४ बाहिनी अड्‍डा र डोल्पास्थित रामवाण गुल्मको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?