हेर्नुहोस् आज दिनभरको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
338
Shares

१. १०औँ महाधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा, पार्टीको विधि, पद्धति, देशभक्ति र सिद्धान्तको झण्डालाई फहराइरहने संकल्प

२ अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न कांग्रेस सभापति देउवाको आग्रह, आफ्नै पार्टीभित्रका नेता कार्यकर्तामा द्वन्द्व भए निर्वाचनमा घाटा हुने भन्दै त्यसतर्फ ध्यान केन्द्रित गर्नमा जोड

३ गोला प्रथा प्रणाली आउँदैमा प्रधानन्यायाधीशको दाह्रानंग्रा गएको मान्न नहुने नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ, न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने आरोप

४ युद्धकालमा भएका कमिकमजोरी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आफू तयार रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्टोक्ति , जनआन्दोलनको १० वर्ष बिते पनि पीडितहरूका काम गर्न बाँकी रहेको प्रतिक्रिया

५ आज पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूको धर्ना, राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने उद्घोष

६ आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाँइदै, गङ्गालाल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोपकेन्द्रमार्फत लगाउन सकिने

७ खेलकुद महासंघले खेलाडीहरूलाई संगठित बनाउनुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ, खेलाडीहरू खेलाडी मात्र नभएर अभियान्ता हुन सक्नुपर्ने धारणा

८ सशस्त्र द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका घटनाहरूको सत्यतथ्य अभिलेख गर्न मानवअधिकार आयोगको माग, घटनामा संलग्न दोषीउपर कारबाही गर्न ध्यानाकर्षण

९ प्रधानमन्त्री देउवाले टेलिभिजन च्यानल उद्घाटन गरेको प्रति नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीको आपत्ति, कानुनविपरीत काम गरेको टिप्पणी

१० पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ८ सय ४५ परीक्षणमा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ७० जना कोरोना संक्रमणमुक्त १ जनाको मृत्यु

११ पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने एकीकृत समाजवादीका अध्यक्ष नेपालको भनाइ, ग्याँसमा १२ दिनको अन्तरालमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता

१२ सेयर बजारमा ११ दशमलव ६ अंकको गिरावट, ४ अर्ब ३५ करोडको कारोबार

१३ युरोपमा कोरोना महामारीको नयाँ लहर, मार्चसम्म ५ लाख मानिसको मृत्यु हुनसक्ने डब्लूएचओको चेतावनी

१४ लज्जास्पद हारपछि म्यान्चेटस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गन सोल्सार बर्खास्त, युनाइटेड पछिल्ला पाँचमध्ये चार खेलमा पराजित

१५ र, काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबको विजयी सुरुवात, एपीएफ ३–२ गोल अन्तरले पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?