नेपालमा कोरोना : यस्तो छ पछिल्लो २४ घण्टाको तथ्यांक (विवरणसहित)

लोकपथ
273
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

देशभर ९ हजार १ सय २३ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ हजार ४ सय ९६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण १ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?