भारतमा एकै दिन थपिए १० हजार ४८८ कोरोना संक्रमित

लोकपथ
224
Shares

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ ।

यो सङ्ख्या कुल सङ्क्रमित भएका मध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्च अर्थात् ५३२ पछिका सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार कोरोना सुरु भएदेखि हालसमम तीन करोड ४५ लाख १० हजार ४१३ जना कोरोना सङ्क्रमित भएका छन् ।

हिजो शनिबार कोरोना सङ्क्रमणका कारण ३१३ जनाको मृत्यु भएको यसैसँगै भारतमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको संख्या चार लाख ६५ हजार ६६२ जना पुगेको पनि समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कम हुँदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ ।

गत जनवरी १६ बाट भारतमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म भारतमा एक अर्ब १६ करोड ५० लाख ५५ हजार २१० डोज खोप लगाइएको छ । भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख ३७८ जनाको परीक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?