म्यानमारलाई चीनद्धारा कोरोनाविरुद्धको खोप सहयोग

लोकपथ
169
Shares

म्यानमार । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक १० लाख मात्रा यो खोप पठाएको बताइएको छ ।

म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।

म्यानमारमा पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

म्यानमार सरकारले एक करोड भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ । सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ । शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ । यो समेतगरी पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

गएको २४ घन्टामा २४ जनाको यो संक्रमणबाट निधन भएको छ । यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?