काठमाडौं । कपिलवस्तुमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
महाराजगंज नगरपालिका-१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका-७ मानपुरस्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
महाराजगंज नगरपालिका-७ माझीहवा घाटमा शुक्रबार मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया