एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ

लोकपथ
312
Shares

काठमाडौं । धनकुटामा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले राजनले गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?