पत्रकार ऐडीको निधन

लोकपथ
5.2k
Shares

काठमाडौं । पत्रकार नन्द एडीको उपचारका क्रममा मृत्यु भएको छ । पत्रकार ऐडीको सुमेरु अस्पतालमा मृत्यु भएको हो । कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उनी सुमेरु अस्पतालमा भर्ना भएका थिए ।

दुई हप्तादेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका पत्रकार एडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

३० वर्षको उमेरमा एडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक थिए । उनकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या भइरहेको थियो । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?