फेरिए ललितपुरका प्रहरी प्रमुख, बज्रचार्यको ठाउँमा पोखरेल

लोकपथ
770
Shares

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख फेरिएका छन् ।

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) यज्ञविनोद पोखरेललाई ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी दिँदै काज सरुवा गरेको छ ।

त्यसैगरी हाल ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले लोकपथलाई जानकारी दिए ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?