एमाले उपाध्यक्ष भीम रावलले भारतीय बाबा रामदेवले नेपालमा टिभी खोलेकोप्रति आपत्ति जनाएका छन् । यस्तै सो टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री गएको प्रति असन्तुष्टि जनाउँदै उनले कानुनमै विदेशी लगानी आमसञ्चार माध्यमले गर्न नपाउने व्यवस्था भएपनि प्रमबाटै कानूनको निर्लज्ज उल्लंघन भएको बताएका छन् ।
नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन देशकै कानूनको निर्लज्ज उल्लंघन भएको रावलको टिप्पणी छ ।
‘प्रम देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु, त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन ह’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’
हिजो रामदेवको दुई टेलिभजन च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया